मधेशमा दुई मन्त्रीलाई फिर्ता बोलाउँदै जनमत


२०८२ जेठ ८ बिहीबार २०:२१ बजे

काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो ।

जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउने भएको छ। मन्त्रीहरुको नाम टुङ्गिएको भए पनि साँझसम्ममा मन्त्रालय पनि टुंग्याउने तयारी छ । एक वर्षको कामको समीक्षा गरेर अर्को मन्त्रीलाई अवसर दिन लागेको बताइएको छ ।

यसअघि सिरहाबाट निर्वाचित संजय यादव कृषि राज्यमन्त्री र समानुपातिक सांसद कुशवाहा कृषिमन्त्री बनेका थिए। अहिले मन्त्री बन्ने अवसर पाउने लगभग निश्चित भइसकेको जनमतका एक नेताले बताए । कुशवाहा जनमतका उपाध्यक्ष हुन् । २५ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि शाह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७