सगरमाथा आरोही असई कुञ्जाङ सईमा बढुवा

काठमाडौं । भर्खरै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पा नायब निरीक्षक (सई) मा बढुवा भएकी छन् ।
आज (बुधबार) प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको विशेष बैठकले असई शेर्पालाई सईमा विशेष बढुवा गरेको हो । उनी सगरमाथा आरोहण गरेर संगठनको गौरव बढाउन पहिलो महिला प्रहरी रहेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले मंगलबार सगरमाथाको चुचुरोमा नेपाल प्रहरीको झण्डा फहराएकी थिइन् ।