बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


२०८२ जेठ ७ बुधबार ०३:२८ बजे

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले लेखापाल महेन्द्र शर्मा, पिपलकाडाँ मेलगैरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडेगाड जाजरकोट र त्यसका सञ्चालक शान्तबहादुर बस्नेतविरुद्ध बुधबार बिशेष अदालतमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनीहरु बिरुद्ध गाउँपालिकाको वडा नम्बर २ पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा चारै जनाले जनही २१ लाख ६३ हजार ८६५ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७