अर्थ समितिमा राप्रपाले भन्यो–कानुनविपरीत पौडेललाई गभर्नर नियुक्त गरियो


२०८२ जेठ ७ बुधबार २१:४३ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कानुनविपरीत नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरिएको टिप्पणी गरेका छन्।गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदको मंगलबारको बैठकले अर्थविद् पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसबारे बुधबारको अर्थ समिति बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले कानुनविपरीत गभर्नर नियुक्त गरिएको बताएका हुन्। उनले पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबी समेत गरेका थिए। ‘राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि पार्टीको सदस्य हुन हुँदैन भन्ने व्यवस्था छ,’ शाहीले भने, ‘मौद्रिक नीतिको ज्ञान समेत नभएको मानिसलाई गभर्नर बनाइएको छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७