अर्थमन्त्रीले डाके गभर्नर सिफारिस समितिको बैठक


२०८२ जेठ ६ मंगलबार २२:२६ बजे
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। दिउँसो शीर्ष तहमा छलफलपछि अर्थमन्त्री पौडेलले पहिलो पटक बैठक बोलाएका हुन्। केही समयअघि बैठकको निम्तो आएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए । समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिले प्रस्ताव गरेको एकपछि अर्को‍ नाम अस्वीकार गरेपछि सम्बन्ध चिसिएको थियो।

सोमबार साँझ प्रधानमन्त्री ओलीले देउवालाई गभर्नर बारे छलफल गर्न बोलाएका थिए। अबदेखि गभर्नरको बारेमा छलफल नगर्ने भन्दै देउवा रिसाएर बालुवाटार गएनन् । आज पनि भेटघाट नगर्ने योजना थियो । तर, प्रधानमन्त्रीले संसदको कार्यक्रम रोकेर देउवालाई डाकेपछि उनी गएका थिए। छलफलमा गभर्नर नियुक्ति अगाडि बढाउन दुवै प्रमुखहरु सहमत भएपछि अर्थमन्त्रीले बैठक बोलाएका हुन् ।

देउवाले गभर्नरका लागि योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई प्रस्ताव गरेका छन्। आज उनको नाममा छलफल गरेर सम्भवत आजै सिफारिस गर्ने योजना छ। त्यसपछि सोमबार स्थगित गरिएको मन्त्रीपरिषद् बैठक आज डाकेर साँझसम्म गभर्नर नियुक्त गर्ने योजना छ। ओली र देउवाको भेटमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी छन्। बैठकस्थलबाटै अर्थमन्त्रीले सिफारिस समितिका सदस्यहरुलाई फोन गरेर मन्त्रालय अर्थ मन्त्रालय डाकेका हुन्। अबको केही समयभित्रै बैठक बस्ने जनाइएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७