पार्टीका साहु–महाजन जोगाउन पीडितमाथि राजनीति नगरौं : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या राज्यले गिजोलिरहेको आरोप लगाएकी छन्। आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा उनले आयोगमाथि आयोग थपिएको बताइन् । उनले पीडितले भेट्न जाँदा सिंहदरबारमा ‘नो इन्ट्री’ भनिएको टिप्पणी गरिन्।
‘आफ्नो पार्टीको साहु तथा महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरव्याजमा गृहमन्त्री, मन्त्री, सांसद, नेताको भाग छ भन्ने शंका हुने गरी काम नगरौं’, उनले भनिन्, ‘मिटरव्याज पीडितलाई न्याय चाहियो ।’