आज तोलाको कति छ सुनचाँदीको मूल्य ?


२०८२ जेठ ६ मंगलबार १९:२४ बजे

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको सोमबारझैं एक लाख ८४ हजार ८ सय रुपैयाँमै किनबेच भइरहेको हो । आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा थियो । त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको १,९४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १,९४५ रुपैयाँ थियो।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७