थाइल्याण्डले दियो नेपाललाई १५९ रनको विशाल लक्ष्य


२०८२ जेठ ६ मंगलबार १८:३६ बजे

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा थाइल्याण्डले नेपाललाई १५९ रनको विशाल लक्ष्य दिएको छ। बैंककमा नेपालले टस जित्दै थाइल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । थाइल्याण्डले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १५८ रनको विशाल स्कोर बनायो।

थाइल्याण्डका लागि दुई जना ब्याटरले अर्धशतक प्रहार गरे। २८ बलमा नानापत कोन्चारनकाइले अर्धशतक प्रहार गर्दै अविजित रहिन्। यस्तै नाथ्या बूचाथमले पनि ४२ बलमा ५० रन प्रहार गरिन्।अफिसारा सुवान्चोनराठीले २९ रन बनाउँदा नात्थकरण चन्थम १५ रनमा अविजित रहिन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले एक÷एक विकेट लिनुबाहेक अन्य बलरले कसिलो प्रदर्शन गर्न सकेनन्।

आफ्नो पहिलो खेलमा सोमबार नेपालले यूएईलाई पाँच विकेटले हराउँदै एसिया छनोट पार गर्दै विश्वस्तरको छनोटमा स्थान बनाइसकेको छ। यस्तै थाइल्यान्डले पनि पहिलो खेलमा यूएईलाई नै हराएर ग्लोबल छनोटमा स्थान बनाएको थियो । नेपालले आजको खेल जित्दै एसिया च्याम्पियन बन्ने लक्ष्य राखेको छ। तर थाइल्याण्डले दिएको लक्ष्य भेट्टाउन नेपालका लागि सहज भने छैन। नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७