गगनको सरकार फेर्नुपर्ने आशयको अभिव्यक्ति : अवस्था गम्भीर भयो, कांग्रेसले मात्रै नेतृत्व गर्न सक्छ


२०८२ जेठ ५ सोमबार २२:०६ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिन नहुने आशयको अभिव्यक्ति दिएका छन् । उनले सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने आशयको अभिव्यक्ति सार्वजनिक रुपमा नै दिएका हुन् । सोमबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा थापाले देशको अवस्था गम्भीर बन्दै गएको भन्दै यस्तो बेला कांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने बताएका हुन् ।

‘देशको अवस्था गम्भीर बन्दै गएको छ । यस्तो अप्ठेरोमा कांग्रेसले मात्रै नेतृत्व गर्न सक्छ । कांग्रेस भनेको राष्ट्रिय शक्ति हो । राष्ट्रको अगाडि आएको समस्या बुझ्छ । चिन्न सक्ने खुबी कांग्रेसमा छ । त्यसलाई सम्बोधन गर्ने सामथ्र्य पनि राख्छ,’ उनले भने, ‘देशभित्र एउटा उकुसमुकुस छ । तन्नेरी नौजवानमा देशप्रतिको भरोसा टुटेको छ । कहिल्यै पनि नेपाल बन्दैन भन्ने भाष्य डरलाग्दो छ । यो अप्ठेरोबाट कसले निकाल्ने हो ? कांग्रेसले हो । कांग्रेसलाई गनगन गर्ने सुविधा छैन, भाग्ने सुविधा पनि छैन । किनकि हामी बिपी कोइरालाको पार्टीका मानिस हौं ।’

सरकारको काम र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चुलिएका बेला गगनको अभिव्यक्तिलाई अर्थपूर्णरुपमा लिइएको छ । गगनले देशको अवस्था सुधार्न कांग्रेसका पाका नेताहरुलाई बिदा गर्नुपर्ने पनि बताए । ‘पार्टीभित्रका दाइहरुलाई अब धन्यवाद भनौं। ढोगौं,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७