भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुशी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् । तर, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन् ।
दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन् । उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ । पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेना प्रमुखसँग पनि कुरा गरेका थिए ।