आणविक हतियारसम्बन्धी निर्णय लिन पाकिस्तानी प्रधानमन्त्रीले बोलाए बैठक


२०८२ बैशाख २७ शनिबार ११:४८ बजे

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमाण्ड प्राधिकरण (एनसीए) को बैठक बोलाएका छन्। प्रधानमन्त्री शरीफले देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक–सैन्य निकाय राष्ट्रिय कमाण्ड अथोरिटी (एनसीए) को बैठक बोलाएको अलजजिराले बताएको छ ।

राष्ट्रिय कमाण्ड प्राधिकरण पाकिस्तानको सर्वोच्च निकाय हो जसले देशको आणविक हतियारको उत्पादन, नियन्त्रण, सुरक्षा र प्रयोगको निरीक्षण गर्दछ । भारतको ‘अपरेसन सिन्दूर’ पछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ ।

केही दिनदेखि दुवै देशले एकअर्कामाथि आक्रमण गरिरहेका छन् । पाकिस्तानले पनि ‘अपरेशन बुन्यान उल मार्सूस’ सुरु गरेको छ । यसले भारतीय सैन्य अड्डाहरू लक्षित आक्रमण सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७