पाकिस्तानले टर्कीस हतियार प्रयोग गरी भारतमाथि आक्रमण गर्‍यो : भारत


२०८२ बैशाख २७ शनिबार २१:३८ बजे

काठमाडौं । भारत सरकारले पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको आरोप लगाएको छ । बिहीबार राति भारतका विभिन्न क्षेत्रमा धर्म र समुदाय लक्षित प्रहार गरेर पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताएका छन् । 

उनले गुरुद्वारा र पुन्चमा पाकिस्तानले समुदाय लक्षित आक्रमण गरेको आरोप लगाए । त्यस्तै विश्व समुदायमाझ पनि पाकिस्तानले मिथ्या सूचना फैलाइरहेको भारतको आरोप छ । पाकिस्तानका मन्त्रीहरू नै भ्रम फैलाउन उद्यत रहेको विदेश सचिव मिश्रीले बताए ।

पाकिस्तानले विहीबार भारतको पश्चिम सीमा क्षेत्रको ३६ स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको छ । पाकिस्तानले टर्किस निर्मित हतियार प्रयोग गरी कन्धार, उरी, पुन्च, मेन्धर, राजौरी, अख्नुर र उधमपुरमा आक्रमण गरेको कर्नेल सोफिया कुरैशीले बताइन् । उक्त घटनाहरूमा केही भारतीय सुरक्षाकर्मी हताहाती भएको केही घाइते भएको उनले बताइन् । भारतको जवाफी कारबाहीमा भने पाकिस्तानी सेनामा ठूलो क्षति पुगेको भारतको दाबी छ । त्यस्तै पाकिस्तानले प्रहार गरेका धेरै ड्रोनलाई खसालेको भारतको दाबी छ । 

त्यस्तै पाकिस्तानले त्यहाँको व्यवसायिक उडानलाई ढालको रूपमा प्रयोग गरिरहेको आरोप लगाए । पाकिस्तानले पटक–पटक भारतमाथि आक्रमण गरेर असफल प्रयास गरे पनि त्यहाँको उडानहरू नरोकेको आरोप मिश्रीको छ । पाकिस्तानको उक्त कदमले अन्तर्राष्ट्रिय उडानमा पनि खतरा पर्नसक्ने आंकलन भारतको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७