बाघले कानुन पढेको हुँदैन : प्रधानमन्त्री ओली


२०८२ बैशाख २७ शनिबार २०:४० बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन्। आज (शनिबार) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने बताएका हुन् ।

‘बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे भागे हुन्छ । अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन,’ उनले भने । प्रधानमन्त्री ओलीले आफूले बाघको संख्या बढाउन हुन्न भन्दा बुझ्दै नबुझी आलोचना गरिएको पनि बताए। ‘यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जवको हुन्छ । सामुन्नेमा पर्‍यो भने बस् । फोटामा बाघ हेरेर कुरा गरेर हुँदैन,’ उनले भने ।

बाघ धेरै भएको खण्डमा उसलाई आफ्नो क्षेत्र नपुग्ने र आहाराको खोजीमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्कँदा नभेटिएपछि जे पायो त्यहीमाथि आक्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए। ‘बाघले कानूनको किताब पढेको हुँदैन, भ्रम राख्नु हुँदैन । मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद यताउति उसलाई थाहा हुँदैन । उसँग नङ्ग्रा छन्, दारा छ, बल छ, भोक लागेको छ । बाघ कुनै खेलाँची गर्ने चिज होइन,’ उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७