सोसल मिडियालाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री


२०८२ बैशाख २७ शनिबार १९:२५ बजे

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनलाइनका माध्यमबाट अफवाह फैलाइएको भन्दै धार्मिक, राजनीतिक र राज्यशक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको उल्लेख गरे ।

‘आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ, तीनवटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ, यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ’, उनले भने, ‘त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो ।’

प्रेस स्वतन्त्रता बलियो भए मात्र प्रजातन्त्र दरिलो हुने उनले बताए । जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै उनले समयमै सचेत हुनुपर्नेमा जोड दिए । प्रेसजगत्ले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आमनागरिकलाई सुसूचित गर्नुपर्ने उनले बताए ।

खालि विकास मात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबका १० वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७