भारत–पाकिस्तान सीमामा फेरि गोलाबारी

जम्मुमा ब्ल्याकआउट, सहरभरि साइरन


०५:५५ बजे
फाइल फोटो

काठमाडौं । भारत र पाकिस्तानबीच जारी द्वन्द्वका बीच जम्मु कश्मीरमा फेरि गोलाबारी सुरु भएको छ । श्रीनगरमा उपस्थित बीबीसी हिन्दीका संवाददाता मजिद जहाँगिरका अनुसार कुपवाडा, उरी, पुँचको कर्णह र तङ्गधर्मामा साँझ ७ः२० बजे गोलाबारी सुरु भएको हो । 

समाचार एजेन्सी एएनआईका अनुसार, ‘तपाईंले उरी सेक्टरमा गोलनबारी र विस्फोटको आवाज सुन्नु हुन्छ ।’ यस्तै पठानकोटमामा पनि विष्फोटको आवाज सुनिएको छ । यसअघि बिहीबार राति पनि भारतका विभिन्न भागमा पाकिस्तानले ड्रोन आक्रमण गरेको बताइएको छ ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विष्फोटको आवाज सुनिएको हो । ‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विष्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

जम्मुमा ब्ल्याकआउट, सहरभरि साइरन
जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको जानकारी दिएका छन् । अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ ।’

यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो । जोखिमलाई ध्यानमा राख्दै आज साँझदेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ । भारतले बिहीबार राति पाकिस्तानले ३६ स्थानमा ३००–४०० ड्रोन पठाएको तर त्यसलाई खसालिएको दाबी गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७