भारत प्रशासित जम्मु कश्मीर र पञ्जावमा ‘विष्फोट’


०२:५२ बजे

काठमाडौं । भारत प्रशासित जम्मु कश्मीर र पञ्जाव प्रान्तमा विष्फोट भएको छ । जम्मु कश्मीरमा ‘विष्फोट’ को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यस क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मीरमा विष्फोट भएको सुनिए पनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’ उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’

कम्मु कश्मीर प्रहरीका पूर्व महानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ । भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन। पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो । पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।

भारतको पञ्जाव प्रान्तमा पनि विष्फोट
भारतको पञ्जाव प्रान्तमा पनि विष्फोटको आवाज सुनिएको प्रहरी स्रोतले दाबी गरेको छ । त्यहाँका प्रहरी स्रोतका अनुसार, भारतको पञ्जाब प्रदेशको पठानकोट सहरमा पुलिसले विस्फोटको रिपोर्ट प्राप्त गरेको छ । प्रहरी स्रोतले भन्यो, ‘पुलिस अधिकारीहरूले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।’


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७