उपप्रधानमन्त्री सिंहकी दिदी रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय


०३:०२ बजे

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिर (बाल संगठन) को जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।

‘बालमन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ । निर्णय भएर जिल्लामा पठाइसकेको छ,’ उनले भने, ‘१७ जनाविरूद्ध मुद्दा चलाउनु पर्ने राय छ ।’ तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने गरी तयारी भइरहेको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

‘१७ जनाविरूद्ध हुनसक्छ, हामी केलाइरहेका छौं ।  भोलि नै मुद्दा दर्ता र्छौं,’ उनले भने । नेपाल बाल संगठनलाई हानीनोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। यसअघि गत वर्ष वैशाखमा पनि बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्व पदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस प्रकरणमा सिंहसहित २० जनाविरूद्ध पक्राउ पुर्जी लिएको थियो । तर उनीहरूमाथि अनुसन्धान गरे पनि सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयबाट पनि सदर भई महान्यायाधिवक्ता कार्यालयमा पुगेको प्रकरणमा मुद्दा चलाउन निर्णय भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७