अमेरिकाले थप सात नेपालीलाई गर्‍यो निष्काशन


०२:०१ बजे

काठमाडौं । अमेरिकाले थप सात नेपालीलाई निष्काशन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसिरहेका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्काशन हुनेमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना छन् ।

उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ । उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो । निष्काशन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । उनीहरूले नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए । अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो।  ट्राभल डकुमेन्टबाट एकतर्फी मात्रै यात्रा गर्न सकिन्छ।

त्यस्तै फर्काइएकामध्ये एक जनाले अवैधरूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जनाले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका थिए । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्काशनमा पर्ने क्रम बढिरहेको छ । केही समयअघि अमेरिकाले चार्टर्ड विमानबाट नै नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको थियो । अवैधरूमा अमेरिका प्रवेश गरी लुकिछिपी बस्ने ती नेपालीहरूलाई अमेरिकाले फर्काएको थियो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७