बढ्यो सुनचाँदीको मूल्य, आज तोलाको कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ।
गत आइतबार प्रतितोला सुन रु एक लाख ८४ हजार १०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९१० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।