‘नीति तथा कार्यक्रम व्यवस्थित छ’


२०:४५ बजे

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ साल वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । 

छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे । ‘संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकजोरी सच्याउने कुरा आएको छ । यो राम्रो पक्ष हो । संविधानको समीक्षा गर्ने बेला आएको छ’, उनले भने, ‘विकासको परियोजना विभिन्न सरकारले घोषणा गरेका आयोजनाको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति आफैमा राम्रो छ । रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति दिइएको छ ।’ भट्टराईले तीनै सरकारबीचको समन्वय गरिने नीति पनि दुरदृष्टि रहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७