फेवातालमा फसेका आठ जनाको उद्धार


२१:०७ बजे

कास्की । हावाहुरीका कारण पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार गरिएको छ । सोमबार दिउँसो अचानक हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका आठ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण हेडक्वार्टर कालिका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार आठ जनामध्ये ६ जना हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा अलपत्र परेका थिए। बाँकी दुई जना चितवनका रेशम थापा र कास्कीका विजय सुनारको तालमा खसेको अवस्थामा उद्धार गरिएको उनले बताए । सशस्त्र प्रहरी बल र नेपाल आर्मीको टोली उद्धारमा खटिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७