देउवालाई भेट्न बूढानीलकण्ठ पुगे अर्थमन्त्री पौडेल


१६:५६ बजे

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आगामी आर्थिक वर्ष २०८२/८३  को बजेटका विषयमा परामर्श गर्न उनी देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

उनीहरूबीच सोमबार बिहान बूढानीलकण्ठमा भेटवार्ता भएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ। भेटमा कांग्रेस सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७