नेपालको धेरै भू–भाग आफ्नोतिर बनाएर भारतले तटबन्ध बनायो : सांसद बडू


२०:१३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको खलङ्गामा भारतीय पक्षबाट धेरै नेपाली भू–भाग मिचेर तटबन्ध निर्माण गरेको विषयमा सरकारले तत्काल कदम चाल्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा बोल्दै सांसद बडूले २०७० सालमा आएको बाढीपछि महाकाली नदीको धार परिवर्तन हुँदा नेपाली भू–भाग भारततर्फ पर्न गएको र त्यो भूमिमा अहिले भारतले भौतिक संरचना बनाइरहेको बताएका हुन् । सीमाक्षेत्रमा कुनै संरचना बनाउँदा एक अर्को देशको समन्वय र जानकारी हुन आवश्यक रहेको भए पनि भारतीय पक्षले एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको सांसद बडूले बताए ।

दुवै देशको बाढी आउनुभन्दा अघि र पछिको सीमाङ्कन गरिएको अध्ययन प्रतिवेदन दुवै देशसँग रहेको उल्लेख गर्दै सांसद बडूले उक्त प्रतिवेदन हेरेर उचित निर्णय लिनुपर्ने बताए। त्यस्तै, दार्चुला जिल्लामा देखिएको सीमा विवाद मामलामा प्राविधिक टोली बनाएर अध्ययन गर्न र विवाद टुङ्ग्याउन कूटनीतिक पहलका लागि सरकारमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७