ईपीएस शाखामा धर्ना दिन गएका युवामाथि लाठीचार्ज

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । ईपीएस भाषा परीक्षा पास गरिसकेको १८ महिना बित्दा पनि कोरिया जान नपाएको भन्दै धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको हो। प्रहरीले धर्नामा बसेका दुई युवालाई नियन्त्रणमा लिएको छ ।
धर्नामा बसेका युवालाई लाठी हानेको तस्बिर खिचेको भन्दै प्रहरीले पत्रकारमाथि समेत दुव्र्यवहार गरेको छ । प्रदर्शनका क्रममा सडक नै बन्द गरेपछि लाठीचार्ज गर्नु परेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले बताएका छन् । ‘५०-६० जनाको समूहले बाटो नै बन्द गरेर हामीले बाटो सञ्चालन गराउन लाठीचार्ज गरेका हौं, बाटो अवरोध नगरी माग राख्नुभन्दा नमानेपछि बल प्रयोग गर्नु परेको हो’, उनले भने ।