विश्वकै खतरनाक जेल फेरि खोल्ने ट्रम्पको घोषणा


१६:५९ बजे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले अल्काट्राज जेललाई फेरि खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन्। आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘लामो समयदेखि अमेरिका क्रुर, हिंस्रक र पटक–पटक अपराध गर्ने अपराधिदेखि त्रस्त रहेको छ।’ ट्रम्पले कारागार ब्यूरोसँगै न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्यूरिटीलाई यो जेल फेरि खोल्न निर्देशन दिएका छन्।

उनले भने, ‘अमेरिकाले सबैभन्दा धेरै क्रुर र हिंस्रक अपराधिका लागि अल्काट्राज जेललाई खोल्ने निर्देशन दिएको छ।’ अल्काट्राजलाई फेरि खोल्नु कानुन, व्यवस्था र न्यायको प्रतीक हुने पनि उनको भनाइ छ । अल्काट्राज जेल एक द्वीपमा अवस्थित छ। यसलाई विश्वको सबैभन्दा खतरनाक जेल मानिन्छ । सन् १९६३ मा यो जेललाई बन्द गरिएको थियो । अल्काट्राज द्वीप हाल पर्यटकीयस्थलको रुपमा परिचित छ । यो सन फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिक रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७