रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, नत्र सरकार छाड्ने चेतावनी


१६:५४ बजे

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ मागेको छ । आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी समेत दिएका छन् । 

‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्‍याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो, त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौं ।’ त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताएका छन् । नाउपा र जनमतको एकता घोषणाकै दिन रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता कार्यक्रम नै विथोलिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७