बेपत्ता युवक मोटरसाइकलसहित खाल्डोमा मृत भेटिए


१६:१८ बजे

बुटवल । तीन दिनदेखि हराइरहेका रुपन्देहीको तिलोत्तमा–२  शंकरनगरका गोपाल टण्डन सोमबार मृत भेटिएका छन्। २० वर्षका टण्डन बुटवल उपमहानगरपालिका–११ स्थित हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा मोटरसाइकलसहित मृत भेटिएका हुन् । रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइक्याउँदा टण्डनको खाडलमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टण्डनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल फेला परेको बताए। ‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिनुभएको रहेछ’, डीएसपी रानाले भने, ‘राति दुई बजेको समयमा तीब्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाको अन्य अनुसन्धान भइरहेको छ ।’ टण्डनको शव अहिले पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७