भारतले रोक्यो पाकिस्तान जाने चेनाब नदीको पानी


१३:०१ बजे

काठमाडौं । पाकिस्तानसँगको सिन्धु जल सन्धी रद्द गरेको भारतले चेनाब नदीको पानी रोकेको छ। जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ ।

जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना मारिएपछि पाकिस्तानलाई आरोप लगाउँदै भारतले दशकौं पुरानो सिन्धु जल सन्धी निलम्बन गरेको छ । विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धीले १९६० देखि भारत र पाकिस्तानबीच सिन्धु नदी र यसका सहायक नदीहरूको प्रयोगलाई नियमन गरिरहेको थियो । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७