प्रचण्डले बोलाए पदाधिकारी बैठक


१५:२१ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।  बैठक दिउँसो १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेगरी बोलाइएको सचिव दिनानाथ शर्माले जनाएका छन् । 

बैठकमा हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने र अब मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान तय गर्नेबारे छलफल हुने उनले उल्लेख गरे । ‘एउटा चरणको हाम्रो अभियान सकियो, थोरै यसको समीक्षा होला,’ शर्माले सुनाए, ‘अर्को हामीले मध्यपहाडी लोकमार्गमा अभियान भनेका छौं । त्यो अभियान बनाउनेबारे छलफल हुन्छ ।’

गत पुस तेस्रो साता बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र काठमाडौँ उपत्यका केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । माओवादीले फागुन १२ देखि झापाको कचनकवलबाट हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु गरेको थियो । करिब १ हजार ८ सय किलोमिटर यात्रा तय गर्दै वैशाख १७ गते महेन्द्रनगरको भीमदत्त नगरपालिकामा पुगेर टुंगिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७