रवि लामिछानेलाई भेटेपछि हृदयश त्रिपाठीले भने–प्रतिशोधको शिकार बनाइयो
‘उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

काठमाडौं । मधेसवादी नेता हृदयश त्रिपाठीले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका हुन् ।त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधको शिकार भएको टिप्पणी गरेका छन् ।
‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन् । ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दै छन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीं–चेतना भया ।’ त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।