कक्षा १२ को परीक्षा सुरु : झरीमा रुझ्दै परीक्षा केन्द्रमा पुगे विद्यार्थी


१३:०६ बजे

काठमाडौं ।  कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ जबेसम्म जारी रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। देशका विभिन्न स्थानमा भइरहेको वर्षाको कारण परीक्षार्थीलाई समस्या भएको छ ।

काठमाडौँ उपत्यकामा पनि गएराति देखि नै वर्षा भइरहेको छ । काठमाडौँमा पनि पानीमा रुझ्दै र छाता ओडेर विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेका छन् । आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिने छन् ।

बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७