रविन्द्र मिश्रको रिहाइ माग गर्दै रिले अनसन


०९:५५ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको रिहाइको माग गर्दै रिले अनसन सुरु भएको छ। राष्ट्रवादी देशभक्त जनताको आयोजनामा मिश्रको रिहाइ माग गर्दै आजदेखि ललितपुरको जावलाखेलमा रिले अनसन सुरु गरेको हो। उनीहरुले मिश्रको रिहाइसँगै४ बुँदे माग पनि राखेका छन् ।

मिश्रमाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, रविन्द्र मिश्रलगायत सबै राष्ट्रवादी साथीहरुलाई रिहाइ गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने र नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर्नुपर्नेलगायतको उनीहरुको ४ बुँदे माग छ। मिश्रसहितका केही राप्रपा नेताहरु गत चैत  १५ गते राजावादी प्रदर्शनमा  पक्राउ परेका थिए । मिश्र काठमाडौं प्रहरीको हिरासतमा छन् । उनीमाथि अनुसन्धानका लागि वैशाख १६ गते थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७