कांग्रेस सभापति देउवासँग चौथाइवालेको भेटवार्ता


२०८२ बैशाख १८ बुधबार २१:१९ बजे

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा दुईपक्षीय भेटवार्ता भएको हो । चौथाइवाले बुधबार बिहान काठमाडौं आएका हुन् । यहाँ आए लगत्तै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् । 

कांग्रेस सभापति देउवा र देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणासँग चौथाइवालेले संयुक्त रूपमै भेटेका हुन् । त्यसअघि गृहमन्त्री रमेश लेखकसँग चौथाइवालेले भेटेका हुन् । लेखकले चौथाइवालसँग भेटको प्रसंग उल्लेख गर्दै समाजिक सञ्जाल ‘एक्स’ मा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक कुराकानी भएको लेखेका छन् । चौथाइवालेको नेपाल भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धलाई सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उनले भनेका छन् ।

तीन दिनका लागि नेपाल भ्रमणमा आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ । त्यसबाहेक उनको सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू र मधेसी मोर्चाका नेताहरूसँग भेट्ने कार्यक्रम छ । उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७