डिल्लीबजार कारागारलाई पत्र लेख्दै सर्वोच्चले भन्यो-रेशम चौधरीलाई तत्काल छाडनू


२०८२ बैशाख १८ बुधबार २२:०५ बजे

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेको छ । सहरजिष्टार अच्युत कुइकेलले रेशम चौधरी पक्राउ गर्न सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको स्पष्ट पारेका छन् ।

अदालतले  यसअघि पठाएको पत्र आधिकारिक नभएको भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएको हो । पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ  । पत्रमा भनिएको छ, ‘अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद ÷ थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनले आफूखुसी पत्र लेखेको पाइएकाले प्रहरीले पक्राउ गरेको सर्वोच्च अदालतका अधिकारीले बताएका छन् । विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो । यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो । उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७