शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु


२०८२ बैशाख १८ बुधबार २०:५३ बजे

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सुरु भएको छ । सिंहदरबारमा सुरु भएको आजको वार्तालाई ‘निर्णायक’ भनिएको छ। वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रेशम लेखक सहभागी छन् । यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासहित सहभागी छन् ।

शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका पदाधिकारी सहभागी छन् । शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन्।आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । सरकारसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति हुन सकेको छैन ।

मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौ बुँदे प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा आज निर्णय भए आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघका पदाधिकारीको भनाइ छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ९ बुँदे प्रस्तावमा निर्णय भए आन्दोलनको मोडालिटी परिवर्तन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने बताएकी छन् । शिक्षकहरूको प्रदर्शनले विद्यालय भर्ना अभियान, कक्षा १२ को परीक्षा र एसईईका उत्तरपुस्तिका जाँच प्रभावित भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७