शिक्षक आन्दोलन रोक्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा


२०८२ बैशाख १८ बुधबार १४:५२ बजे

काठमाडौं । शिक्षकलाई काममा फर्काउन माग गर्दै दायर रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ। शिक्षक आन्दोलनका माग सम्बोधन गर्दै शिक्षकलाई विद्यालय फर्काउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीसहितले वैशाख १० मा दायर गरेको रिटमा न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरिदिएको थियो । 

सुवेदीको इजलासले प्रारम्भिक सुनवाइ अन्तरिम आदेशसँगै चार बुँदे निर्देशन दिएको थियो । शिक्षकहरूलाई तीन दिनभित्र काममा फर्कने वातावरण निर्माण गरी चौथो दिन प्रगतिविविरण पेस गर्न शिक्षा मन्त्रालयका नाममा आदेश जारी भएको थियो ।

शिक्षा मन्त्रालयले भने शिक्षकहरूसँग वार्ता भएको र शिक्षकका माग सम्बोधन गर्ने गरी संसदीय समितिमा विधेयकमाथिको छलफलले तीव्रता पाएको भनेर सोमबार ‘प्रगति विवरण’ पेस गरेको थियो । यता नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता अझै निष्कर्षमा पुुग्न सकेको छैन । आज पनि शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।  सरकारसँग आज पनि महासंघले वार्ता गर्दैछ । आजको वार्ता निर्णायक हुने शिक्षकहरुले बताएका छन् । आफूहरुको माग सम्बोधन गर्न सरकारले रुची नदेखाएको शिक्षक महासंघले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७