लिङ्देनसहितका नेता पक्राउमा संयुक्त जनआन्दोलन समितिको आपत्ति


२०८२ बैशाख ८ आइतबार १७:५६ बजे

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पक्राउमा गम्भीर आपत्ति जनाएको छ।आइतबार (आज) निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेता पक्राउमा समितिले गम्भीर आपत्ति जनाएको हो ।

‘पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरूले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रतासहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ,’ प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । समितिले तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न मागसमेत गरेको छ भने नेताहरूको अविलम्ब रिहाइको माग गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७