बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल 


२०८२ बैशाख ७ शनिबार १३:०६ बजे

काठमाडौं । संक्रमणकालीन न्याय लगायतका विषयमा छलफल गर्न तीन शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायसहित समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्ति गर्नेबारेमा यसअघि पनि शीर्ष नेताहरुबीच पटक–पटक छलफल भएको थियो । प्रधानमन्त्री ओलीका कानुन तथा मानवअधिकारसम्बन्धी सल्लाहकार खरेलको सक्रियतामा शान्तिप्रक्रियाको बाँकी रहेको एउटा महत्वपूर्ण पक्ष संक्रमणकालीन न्याय टुंग्याउन पछिल्लो पटक शीर्ष नेताहरुबीचका छलफल बाक्लिएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७