मौरीपालक किसानको संख्या बढ्यो, उत्पादन घट्यो


२०८२ बैशाख ८ आइतबार १४:३७ बजे

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ ।  अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ । नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो । 

उनले भने, ‘लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।’ अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको संख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो संख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको संख्यामा कमी आएको छ । 

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको संख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान संख्या छ हजार १३५ रहेकामा गत वर्ष यो संख्या बढेर छ हजार ८३० पुगेको उनले बताए ।  उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए ।  विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासंघले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७