बजार हिंडेका प्रधानाध्यापक मृत भेटिए

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । ‘घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान हुनेछ ।’