पार्टी निर्णयमै उपराष्ट्रपति भएँ, फेरि जिम्मेवारीमै फर्किएर राष्ट्रपति बन्न तयार छु : पुन


२०८२ बैशाख ७ शनिबार १९:२९ बजे
फाइल फोटो

रुपन्देही । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बनेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीले खटाए बमोजिम नै पहिले उपराष्ट्रपति बनेको र अहिले पार्टीको जिम्मेवारीमा फर्किएको बताएका छन् । आज (शनिबार) प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले पहिले पार्टीले पठाएर उपराष्ट्रपतिको जिम्मेवारीमा गएको र कार्यकाल सकिएपछि पुनः पार्टी जिम्मेवारीमै फर्किएको स्पष्ट पारे । पुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको बताएका छन् ।

‘म राजनीतिक आधारबाट यहाँ आएको हुँ, कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो’ उनले भने–‘संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्ने थियो ?’

पार्टी जिम्मेवारीमा फर्किएपछि पहिलो पटक पत्रकारसँग भेटघाट गरेका पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीमा जिम्मेवारी लिनुपर्ने आफ्नो प्रष्ट कुरा भएको बताएका छन् । राजावादीको सक्रियताप्रति कडा रुपमा प्रस्तुत भएका पुनले अहिलेको अवस्थामा राजतन्त्र फर्काउने कल्पना कसैले नगरे हुने र त्यस्ता मण्डलेहरुलाई नेपाली जनताले साथ नदिने बताए । उपाध्यक्ष पुनले पार्टीले आवश्यक ठानेर राष्ट्रपतिमा अघि सारे आफू तयार भएको बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७