ई–सेवाबाट एक करोड चोरीको आरोपमा युवक पक्राउ


२०८२ बैशाख ४ बुधबार ०५:३० बजे

काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो। उनले विभिन्न फिसिङ लिंकहरू पठाएर चार हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट एक करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले जानकारी दिए ।

उनले एसएमएसमार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई–सेवामा पहुँच पुर्‍याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ। लिंक पठाएपछि तपाईको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पहुँच पुर्‍याएको आरोप छ । उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७