महामन्त्री राणा छुट्ने भएपछि प्रहरी परिसरमा राप्रपा कार्यकर्ताको भीड


२०८२ बैशाख ६ शुक्रबार १५:०५ बजे

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका उनको उपचारका लागि छाड्ने तयारी भएको हो । पक्राउ परेको करिब २० दिनपछि रिहा हुने भएपछि उनलाई स्वागत गर्न राप्रपाका नेता–कार्यकर्ता जिल्ला प्रहरी परिसर पुगेका छन् । उनीहरु जबरालाई स्वागत गर्न खादा र फूलमालासहित भद्रकाली पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । क्यान्सरका बिरामी राणाको नियमित ‘फलोअप’ गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ । गत चैत्र १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मिश्र भने हिरासतमै छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७