सुनको मूल्य निरन्तर उकालो : आज तोलाको कति पुग्यो ?


२०८२ बैशाख ४ बुधबार ०५:२६ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ । आज (बुधबार) सुनको मूल्य तोलाको रू एक लाख ८७ हजार पुगेको छ । मंगलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा रू दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रू १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७