टिपरले किच्दा मनाङमा चिनियाँ नागरिकको मृत्यु

मनाङ । मनाङमा टिपरले किच्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । टिपर ब्याक गर्नेक्रममा घाइते चिनियाँ कामदारको मृत्यु भएको हो । मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको कम्पाउण्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्ग घाइते भएका थिए । उनको उपचारका क्रममा हिजो साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । टिपर चालक ४३ वर्षीय दशरथ खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।