खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङले भेटे मन्त्री


१९:०७ बजे

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

उनले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र बुझाएका छन् । नगर प्रमुख राईले धरान क्षेत्रमा खानेपानी आपूर्ति अझ प्रभावकारी र दिगो बनाउन बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवको ध्यानाकर्षण गराएका हुन् ।

मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै मन्त्री यादवले आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् । मेयर साम्पाङ यसअघि पनि धरानमा खानेपानी माग गर्दै रित्तो गाग्रोसहित सिंहदरबार आएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७