नेपाल गरीब हुने देशै होइन : भण्डारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपाल गरीब हुने देश नै नभएको बताएका छन् । आज (बिहीबार) पार्टीको बाँके क्षेत्र नं. १ तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी गरीब हुने मान्छे नै होइनौं, नेपाल गरीब हुने देश नै होइन । तर, नबुझेर, नजानेर अहिले त हामी कता हो कता, देश वृद्धाश्रम जस्तो भयो भन्छौं,’ उनले भने । उनले राजनीति गर्ने मान्छेले देश बनाउँछु भनेर संकल्प गर्नुपर्ने पनि बताएका छन्। ‘नेता हुँ, देश बनाउँछु’ नै अहिलेको मूल मन्त्र रहेको उनले बताए ।