धरानको जंगलमा मृत भेटिएकी महिलाको खुल्यो, श्रीमान कोरियामा


२०८१ चैत २८ बिहीबार १३:०७ बजे

सुनसरी । सुनसरीको धरानको जंगलमा गत सोमबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । 

उनको माइती महालक्ष्मी नगरपालिका–१ मा पर्छ । दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् । प्रहरीका अनुसार उनका श्रीमान प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा छ्न् । मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेको पाइएको प्रहरीले जनाएको छ । 

धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडे जस्तो देखिएको प्रहरीले बताएको छ ।
शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७