बार निर्वाचन : मिश्र प्यानलको अग्रता कायमै, हालसम्म कसको मत कति ?

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको चुनावको मतगणना जारी छ। मत गणनाको पछिल्लो नतिजाअनुसार सत्ता समीकरणका उम्मेदवार विजयप्रसाद मिश्र प्यानलको अग्रता कायमै छ । उनले ३२२ मत प्राप्त गर्दा विपक्षीका रमणकुमार श्रेष्ठले २२२ मत प्राप्त गरेका छन् ।
७ औं केन्द्रीय कार्यसमितिको २५ सदस्यीयका लागि ५७ जना चुनावी मैदानमा छन् । यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले ३७० मत प्राप्त गर्दा कर्णबहादुर राईले १७४ मत ल्याएका छन् । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
हालसम्मको मत परिणाम