बारको मतपरिणाम : मिश्रले मतान्तर झन फराकिलो बनाए, यस्तो छ सबै उम्मेदवारको मत

काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भिक विवरणमा सत्ता गठबन्धन निकट वकिलको प्यानलले अग्रता कायम राखेको छ । कोशी प्रदेशका जिल्लाबाट थालिएको गणनाको दोस्रो विवरण अनुसार अध्यक्षमा कांग्रेस–एमाले प्यानलका विजय प्रकाश मिश्रले ४८५ पाएका छन् भने माओवादी, रास्वपा, राप्रपा र नेकपा एसलगायतको प्यानलबाट रमण श्रेष्ठले २९५ मत पाएका छन् ।
त्यस्तै महासचिवमा एमाले र कांग्रेसको प्यानलका केदार कोइरालाले ४९३ मत पाएका छन् । त्यस्तै, कोशी प्रदेशमा पदम प्रसाद लिम्बुले ५२९ मत ल्याएका छन् भने मधेसमा अजय शंकर झाले ५२६ मत पाएका छन् । अब बाँकी गणना भोलि (मंगलबार) मात्रै हुने भएको छ । बारको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान भएको थियो ।
हालसम्मको मत परिणाम